बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij