भोटेकोशी बाढीपछि राहत कोषमा १८ अर्ब १३ करोड रुपैयाँ मौज्दात

भोटेकोशी बाढीपछि राहत कोषमा १८ अर्ब १३ करोड रुपैयाँ मौज्दात

मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • भोटेकोशी बाढीपछि राहत कोषमा १८ अर्ब १३ करोड रुपैयाँ मौज्दात

    काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ मौज्दात छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड ५ लाख ३६ हजार १६९ डलर रहेको कार्यालयले जनाएको छ ।

    गत भदौ १० गते रसुवाको लाङटाङ क्षेत्रमा हिमनदी र चट्टानी भूभाग खस्दा ल्हेन्दे खोलामा आकस्मिक बाढी आएको थियो । त्यसपछि भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो । बाढीले रसुवागढी नाकासहित रसुवा र नुवाकोटका विभिन्न बस्ती प्रभावित भएका थिए ।

    बाढी गएको दुई महिना बितिसक्दा पनि विस्थापितको पुनःस्थापना अनिश्चित बनेको छ । उचित व्यवस्थापन हुन नसकेको भन्दै कतिपय विस्थापित पुरानै बस्तीमा फर्किन थालेका छन् ।

    संघीय सरकारले प्रभावित परिवारलाई मासिक घरभाडा सहायता उपलब्ध गराउने, अस्थायी आवास निर्माण गर्ने र सुरक्षित जग्गा पहिचान गर्ने काम अघि बढाएको जनाएको छ । तर, स्थानीय जनप्रतिनिधि र विस्थापितले सरकारी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij