चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीस्थित कुरिनटारमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
आज बिहान ८ः४५ बजे ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंको मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस संलग्न थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६६ जनाको टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
दुर्घटनापछि पृथ्वी राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । घटनाका कारण राजमार्गमा यातायात सञ्चालन प्रभावित भएको छ ।