तीस लाख नेपालीलाई बाथ रोगको समस्या

तीस लाख नेपालीलाई बाथ रोगको समस्या

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • तीस लाख नेपालीलाई बाथ रोगको समस्या

    काठमाडौं । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको  छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा बुद्धि पौडेलले सो तथ्य प्रकाश पारेका हुन् । 

    नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व बाथरोग दिवसका अवसरमा उनले  बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने जानकारी दिए । उनले उक्त रोगको समयमै उपचार नगरिए शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिए ।  

    पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिए । 

    उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।

    समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij