आज ६ प्रदेशमा वर्षाको सम्भावना, तराईमा बिहान हुस्सु लाग्ने

आज ६ प्रदेशमा वर्षाको सम्भावना, तराईमा बिहान हुस्सु लाग्ने

शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • आज ६ प्रदेशमा वर्षाको सम्भावना, तराईमा बिहान हुस्सु लाग्ने

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । तराईका भूभागमा भने आंशिक बदली रहनेछ ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

    त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij