भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ को नेपाली कांग्रेस वडा अधिवेशनबाट राजकुमार घोरासैनी सभापतिमा सर्वसम्मत चयन भएका छन्। सोमबार सम्पन्न वडा अधिवेशनले घोरासैनीको नेतृत्वमा १५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समितिको उपसभापतिमा आर्यन नेपाल र ज्ञानु कार्की तथा सचिवमा सरोज खत्री चयन भएका छन्। त्यस्तै, वडा कार्यसमितिको सदस्यमा रघुराम दुलाल, रामबहादुर रञ्जितकार, बाबुराजा विष्ट, लक्ष्मण नेपाल, समीर फुयाल, सुविन खड्का, शोभा दंगाल, गोविन्द घोरासाइनी, सावित्री खड्का र बद्रीप्रसाद दाहाल चयन भएका छन्।

अधिवेशनबाट चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीसहित ५९ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्। सभापतिमा सर्वसम्मत चयन भएपछि घोरासैनीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबैप्रति धन्यवाद व्यक्त गर्दै संगठनलाई थप सुदृढ बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफूलाई दिएको विश्वासलाई आत्मसात् गर्दै पार्टी संगठनलाई बलियो बनाउन काम गर्ने बताए।