संसदमा बोल्न सभामुखसँग रवि लामिछानेले मागे समय

संसदमा बोल्न सभामुखसँग रवि लामिछानेले मागे समय

बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • संसदमा बोल्न सभामुखसँग रवि लामिछानेले मागे समय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा सम्बोधनका लागि सभामुखसँग समय मागेका छन् ।

    रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले सदनमा सम्बोधन गर्न सभामुखसँग समय उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

    लामिछानेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, जेनजी आन्दोलनलगायत समसामयिक विषयमा संसद्मा आफ्नो धारणा राख्ने बुझिएको छ ।

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ । सभामुखबाट समय उपलब्ध भएमा लामिछानेले उक्त बैठकमा सम्बोधन गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij