एसीसी प्रिमियर कप : लगातार तेस्राे जीतसहित नेपाल सेमिफाइलनमा

एसीसी प्रिमियर कप : लगातार तेस्राे जीतसहित नेपाल सेमिफाइलनमा

आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • एसीसी प्रिमियर कप : लगातार तेस्राे जीतसहित नेपाल सेमिफाइलनमा

    काठमाडौं । लगातार तेस्राे जीतसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटकाे मिफाइनलमा पुगेकाे छ । मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदीलाई अरबलाई ५ विकेटले हरायो ।

    साउदी अरबले दिएको १९१ रनको लक्ष्य नेपालले नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका गुल्सन झाले नटआउट ४४, ईशान पाण्डेले ४०, देव खनालले ३९ रन बनाए । साउदी अरबका इश्तियाक अहमद र मुहम्मद अतिफले २/२ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब ४९ ओभर २ बलमा १९० रन बनाउँदा अलआउट भयो । साउदी अरबका अब्दुल वाहिदले ७७ रन, मुहम्मद अतिफले ३० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ तथा ललित राजवंशीले २ विकेट लिए ।

    यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेशियालाई ६ विकेटले हराएको थियो ।

    एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

    समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ ।

    प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिवार हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij