मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

    कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरे । 

    प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij