डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । 

    मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले आजै पदभारसमेत ग्रहण गरेका छन् । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । 

    डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ विसं २०६९ मा उप(दिर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो । पदोन्नतिपश्चात् उहाँले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij