नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म हुने

नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म हुने

शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म हुने

    काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ गतेदेखि २७ गतेसम्म आयोजना हुने भएको छ । आयोजक केडिया ग्रुपले पुरुष फ्रेन्चाइज भलिबल लिगको आधिकारिक मिति घोषणा गरेको हो ।

    प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ । लिगमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ । अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् ।

    प्रतियोगितामा सहभागी टोलीबीच हुने खेलको तालिका भने आयोजकले सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij