खैरो हेरोइनसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

खैरो हेरोइनसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • खैरो हेरोइनसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

    काठमाडौँ। काठमाडौँलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा निजहरुलाई काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट पक्राउ परेका हुन् । 

    पक्राउ पर्ने तीन जनामा क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवान रहेका छन् । उनीहरुको साथबाट ४३ ग्राम खैरो हेरोइन, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद ५० हजार बरामद गरिएको छ । त्यसैगरी, बर्दिया, बाँसगढी नगरपालिका ५ मैनापोखर चोकबाट ५४० मिलिग्रामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सोही नगरपालिका ६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन्। झापा गाउँपालिका १ बाट १ ग्राम ६७ मिलिग्रामसहित शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका १२ घर भएका ३० वर्षीय विराज भुजेललाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij