सहआयोजक क्यानडालाई पछिपार्दै मोरोक्को विश्वकपको.अन्तिम आठमा

सहआयोजक क्यानडालाई पछिपार्दै मोरोक्को विश्वकपको.अन्तिम आठमा

आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • सहआयोजक क्यानडालाई पछिपार्दै मोरोक्को विश्वकपको.अन्तिम आठमा

    काठमाडौं । सहआयोजक राष्ट्र क्यानडालाई पछिपार्दै मोरक्को विश्वकपको क्वाटर फाइनलमा पुगेको छ । क्यानडालाई ३–० ले पराजित गर्दै मोरोक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । 

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको ५० औँ मिनेटमा मोरोक्कोका अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे । 

    खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३–० मा पुर्‍याएका हुन् । खेलमा मोरोक्कोका स्टार खेलाडी इसामेल साइबेरी चोटका कारण बाहिरिन पुगेका थिए । 

    क्यानडा र मोरोक्को दुवै टोलीका गरी ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए । मोरोक्कोले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij