काठमाडौं । स्वीडेनलाई हराउँदै फ्रान्स विश्वकपको प्रि(क्वाटरफाइनलमा पुगेको छ । फ्रान्सले स्वीडेनलाई ३-0 ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
फ्रान्सको जितमा क्लेयिन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ र ७५ औँ मिनेटमा गोल गरे । त्यसअघि ब्राड्ली बाराकोलाले गोल गरेका थिए । यो गोलसंगै एम्बाप्पेले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा गरेको सर्वाधिक १९ गोलको रेकर्डसँग बराबरी गरेका छन् । जारी विश्वकपमा उनले पाँच गोल गरेका छन् ।
फ्रान्सले प्रि(क्वाटरफाइनलमा पाराग्वेसँग खेल्नेछ । चारपटकको विश्वविजेता जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको थियो ।