काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि भारतले छैटौ पटक जितेको छ । बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।
शनिबार गोवामा आयोजित आठौँ संस्करणको फाइनलमा भारतले सहज रूपमा बंगलादेशलाई पन्छाउदै उपाधि जितेको हो । भारतको जितमा सन्फिदा नोङरुम र लिन्दा कोम सेर्टोले दोस्रो हाफमा गोल गरे ।
पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो । भारतका निम्ति खेलको ४२औँ मिनेटमा छाछाले गोल गरेकी थिइन् । तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशकी रीतुपुर्ण चक्काले गोल फर्काइन् ।
दोस्रो हाफमा भारत खेलमा हाबी देखियो । नोनग्रुम सन्फिदाले दोस्रो हाफ सुरु भएलगत्तै ४६औँ मिनेटमा गोल गर्न सफल भयो । खेलको ८२औँ मिनेटमा लिदा कोम सिद्धले थप एक गोल गर्दै खेल ३(१ मा पुग्यो ।
भारतले यसपटक साफ च्याम्पियनसिपको उपाधि सात बर्षपछि चुमेको हो । पछिल्लोपटक सन २०१९मा विराटनगरमा आयोजित पाँचौँ संस्करणको फाइनलमा भारतले घरेलु टोलीलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो ।