चाँगुनारायण–९ मा सार्वजनिक सुनुवाइ: जनताको कडा खबरदारी

चाँगुनारायण–९ मा सार्वजनिक सुनुवाइ: जनताको कडा खबरदारी

मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • चाँगुनारायण–९ मा सार्वजनिक सुनुवाइ: जनताको कडा खबरदारी

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ मा आयोजना गरिएको वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले विकास निर्माण, कृषि, सडक, स्वास्थ्य, सुशासन र सेवा प्रवाहका विषयमा जनप्रतिनिधि तथा सरोकारवालालाई तीखा प्रश्न गर्दै प्रभावकारी कामको माग गरेका छन् । कार्यक्रममा विशेषगरी कृषकका समस्यालाई उठाउँदै स्वदेशमै रासायनिक मल उद्योग स्थापना गर्नुपर्ने आवाज बलियो रूपमा उठेको थियो ।

    राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा फैढोकामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुनुवाइ गरिएको थियो । कार्यक्रममा स्थानीयवासीले विकासको नाममा विनाश रोक्न, अधुरा योजना समयमै सम्पन्न गर्न, पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा कृषि, स्वास्थ्य, सडक र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन माग गरेका थिए ।

    WhatsApp Image 2026-05-26 at 6.56.08 PM (1).jpeg

    कार्यक्रममा वडा सचिव सपना श्रेष्ठले चालु आर्थिक वर्षमा वडाबाट सम्पन्न भएका योजना, राजस्व संकलन, सामाजिक तथा सीपमूलक कार्यक्रमबारे विस्तृत जानकारी प्रस्तुत गरेकि थिईन् । उनका अनुसार चालु आवमा स्वीकृत ७६ योजनामध्ये ४४ वटा सम्पन्न भइसकेका छन् भने ३२ वटा सञ्चालनमा रहेका छन् । महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, कृषि तथा कला संरक्षणसँग सम्बन्धित विभिन्न तालिम र कार्यक्रमले स्थानीयलाई आत्मनिर्भर बनाउने दिशामा सहयोग पुगेको उनले बताइन् । 

    WhatsApp Image 2026-05-26 at 6.56.04 PM (1).jpeg

    कार्यपालिका सदस्य कमला भारतीले महिलालाई आत्मनिर्भर बनाउन मखमली चप्पल, फेसन डिजाइन, साबुन, हर्पिक, फिनेल निर्माण, पञ्चेबाजा तथा सवारीचालक तालिम सञ्चालन गरिएको जानकारी दिइन् । यस्ता कार्यक्रमले रोजगारी र आयआर्जनमा टेवा पुगेको उनको भनाइ थियो ।

    सार्वजनिक सुनुवाईमा स्थानीयवासीले सडक, ढल, विद्युत् तार, सिसी क्यामेरा, स्वास्थ्य सेवा, कृषि सडक, मल–बीउ, सिँचाइ, सहकारी, यातायात, भ्यु टावर व्यवस्थापन, वातावरण प्रदूषण, इटाभट्टा, ढुवानी खर्च, योजना कार्यान्वयन, बजेट वितरणलगायत विषयमा गम्भीर प्रश्न उठाएका थिए ।

    WhatsApp Image 2026-05-26 at 6.56.07 PM.jpeg

    स्थानीयले विशेषगरी कृषकले समयमा मल नपाउँदा खेती संकटमा परेको गुनासो गर्दै दीर्घकालीन समाधानको माग गरेका थिए । त्यसक्रममा ‘कृषिप्रधान देशमा किसान मलका लागि भौतारिनु पर्ने अवस्था अन्त्य गर्न स्वदेशमै मल उद्योग खोल्नुपर्छ’ भन्ने आवाज बलियो रूपमा उठेको थियो ।

    प्रहरी प्रभाग सुडालका प्रमुख दिपक श्रेष्ठले लागुऔषध नियन्त्रण, सडक सुरक्षा र जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिँदै दुर्घटना न्यूनिकरणका लागि नागरिक स्वयं पनि सचेत हुनुपर्नेमा जोड दिए । 

    WhatsApp Image 2026-05-26 at 6.56.06 PM (1).jpeg

    वडाध्यक्ष गणेश त्यातले स्थानीयले उठाएका प्रश्नको जवाफ दिँदै सीमित स्रोत–साधनका बीच वडा कार्यालयले काम गरिरहेको बताइन् । उनले च्याम्हासिंह–नाला सडक स्तरोन्नतिको पहल भइरहेको, ढल व्यवस्थापन चुनौतीपूर्ण भए पनि क्रमशः समाधानतर्फ काम भइरहेको तथा विद्युत् पोल र अव्यवस्थित तार हटाउन सम्बन्धित निकायलाई बारम्बार आग्रह गरिएको जानकारी दिए । 

    उनले कृषकको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपालमै रासायनिक मल उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए । ‘नेपाल कृषिप्रधान मुलुक हो । किसानले मल नपाएर हैरान हुनुपर्ने अवस्था अन्त्य गर्न दीर्घकालीन समाधान आवश्यक छ । त्यसका लागि स्वदेशमै मल कारखाना सञ्चालन गर्नुको विकल्प छैन,’ उनले भने । 

    WhatsApp Image 2026-05-26 at 6.56.06 PM.jpeg

    वडाध्यक्ष त्यातले वडा नं. ९ ले नगरपालिकामा सबैभन्दा बढी राजस्व बुझाए पनि तुलनात्मक रूपमा कम बजेट पाउने गरेको गुनासो समेत गरे । साथै, वातावरण प्रदूषण नियन्त्रण, इटाभट्टा व्यवस्थापन, स्वास्थ्य सेवा सुधार, सहकारी समस्या समाधान तथा नागरिक सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । 

    WhatsApp Image 2026-05-26 at 6.56.05 PM (1).jpeg

    राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले सार्वजनिक सुनुवाईको उद्देश्यबारे प्रकाश पारेका थिए भने सचिव हेमराज ढकालले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्यहरू, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा ८४ जना स्थानीयवासीको सहभागिता रहेको थियो ।

    WhatsApp Image 2026-05-26 at 6.56.12 PM.jpeg

    WhatsApp Image 2026-05-26 at 6.56.05 PM.jpeg

    WhatsApp Image 2026-05-26 at 6.56.11 PM.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij