रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

    रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो ।

     फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हुरीले रायको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij