आईपीएलको प्लेअफ पुग्ने चारै टोलीको टुंगो, कुन कुन टिम पुगे ?

आईपीएलको प्लेअफ पुग्ने चारै टोलीको टुंगो, कुन कुन टिम पुगे ?

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • आईपीएलको प्लेअफ पुग्ने चारै टोलीको टुंगो, कुन कुन टिम पुगे ?

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । 

    गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थान रोयल्सले आईपीएलको प्लेअफमा स्थान पक्का गरेको डहो । 

    रोयल च्यालेन्जर्स बेङ्लुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदराबादले यसअघि नै प्लेअफको यात्रा तय गरिसकेका थिए । अब पहिलो क्वालिफायरमा बेङ्लुरु र गुजरात भिड्नेछन् । राजस्थानले एलिमिनेटरमा हैदराबादको सामना गर्नेछ । 

    राजस्थानको यो जितसँगै पन्जाब किंग्स र कोलकाता नाइट्स राइडर्सको प्लेअफ सम्भावना समाप्त भएको छ । आइतबार वानखेडे रंगशालामा राजस्थानले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको  मुम्बईले नौ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो ।  

    सूर्यकुमार यादवले ६० रनको इनिङ खेले पनि त्यो मुम्बईलाई जित दिलाउन सकेनन् । कप्तान हार्दिक पाण्डेयाले ३४, विल ज्याक्सले ३३, रायन रिकेल्टनले १२ र शार्दुल ठाकुरले अविजित १० रन बनाए । पाँचौँ विकेटका लागि सूर्यकुमार र विलले ६३ रनको साझेदारी गरेका थिए ।  

    राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । नान्द्रे बर्गर, व्रिजेश शर्मा र यशराज पुञ्जाले समान दुई विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०५ रनको योगफल खडा गरेको थियो ।  

    राजस्थानका धुव्र जुरेलले ३८, जोफ्रा आर्चरले ३२, दासुन सनकाले २९ र यशस्वी जैसवालले २७ रन बनाए ।  रविन्द्र जडेजाले अविजित १९, डोनोभान फरेराले १८, कप्तान रियान परागले १४ र नान्द्रे बर्गरले अविजित १० रन जोडे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij