लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

    बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij