साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ

साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ

मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ पुल बजार बस्ने ३२ वर्षीय राजु स्वेत रहेको प्रहरीले जनाएको छ । 

    सोमबार अपराह्न साढे तीन बजेतिर प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको हो ।

    प्रहरीले सोधपुछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको हो । उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij