युएईविरुद्ध दीपेन्द्रको सानदार शतक

युएईविरुद्ध दीपेन्द्रको सानदार शतक

शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • युएईविरुद्ध दीपेन्द्रको सानदार शतक

    काठमाडौं। नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक बनाएका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा उनले शतक प्रहार गरेका हुन्। ९४ बलमा शतक प्रहार गरेका हुन्। उनले १३ चौका र एक छक्का प्रहार गरे।

    अजय कुमारको बलिङमा पहिलो बलमा चौका प्रहार गरेका दीपेन्द्रले लगातार चार बलमा भने रन जोड्न सकेनन्। उनी शतक प्रहार गर्नमा आक्रामक देखिएका थिए। हरेक बलमा दीपेन्द्र बाउन्ड्री प्रहार गर्न खोजेका थिए ओभरको अन्तिम बलमा एक रन जोडे।

    अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरे। त्यसपछि दोस्रो बलमा एक रन जोडेर दीपेन्द्रले शतक प्रहार गरे।

    एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij