दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

    चितवन । यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । 

    जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । 

    भरतपुर महानगरपालिका वडा नम्बर १६ देखि २९ सम्म र अन्य पालिकाका बासिन्दाका लागि भने जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ । 

    त्यसैगरी प्रशासनमा बनेर आएका परिचयपत्रसमेत ती दुई ठाउँमा पठाइएको छ । इलाका प्रशासन कार्यालय माडीमा वितरणका लागि १० हजार कार्ड पठाइसकिएको छ । महानगरपालिका–१५ सम्मको ३६ हजार परिचयपत्र पठाइएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाबाट क्रमशः महानगरभित्रका सबै वडाको परिचयपत्र वितरण गरिने छ । 

    गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जल्न बाँकी रहेका परिचयपत्र वितरण गर्न लागिएको हो । प्रदर्शनपछि खिचिएका परिचयपत्रहरु अहिले नआएकाले पुराना परिचयपत्र वितरण गर्न लागिएको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij