काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
संसदीय दलको बैठकमा कांग्रेसका सहमहामन्त्री एवम् संसदीय दल निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले कांग्रेस संसदीय दलकाे नेतामा आङदेम्बे निर्विरोध निर्वाचित भएको जानकारी दिए । दुई महिना लामो रस्साकस्सी पछि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, मोहन आचार्य लगायतले पनि दाबी गर्दैआएका थिए । सोही कारण सहमति जुट्न सकस भएको थियो ।