विश्वकप लिग–२ : नेपालको सानदार जित, यूएई ३७ रनले पराजित

विश्वकप लिग–२ : नेपालको सानदार जित, यूएई ३७ रनले पराजित

शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • विश्वकप लिग–२ : नेपालको सानदार जित, यूएई ३७ रनले पराजित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईमाथि प्रभावशाली जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ३७ रनले हराउँदै महत्वपूर्ण अंक जोडेको हो ।

    नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै समेटियो । यूएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए भने मुहम्मद वसीमले ३४ र अक्षदीप नाथले ३० रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

    नेपालको जितमा बलिङ आक्रमण निर्णायक बन्यो । करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ९.२ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २५ रन दिँदै २ विकेट झारे भने सोमपाल कामीले पनि २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भएको थियो । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ७६ रन बनाए । उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

    उनलाई कुशल भुर्तेल (२४), करण केसी (२२) र आरिफ शेख तथा सोमपाल कामी (१५–१५) ले साथ दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    यूएईका लागि जुनैद सिद्धिकी र अजय कुमारले समान ३–३ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिए ।

    यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो स्थिति मजबुत बनाएको छ । नेपालले अब आफ्नो अर्को खेलमा बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij