भक्तपुर मालपोतबाट ११ बिचौलिया पक्राउ

भक्तपुर मालपोतबाट ११ बिचौलिया पक्राउ

बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • भक्तपुर मालपोतबाट ११ बिचौलिया पक्राउ

    भक्तपुर । मालपोत कार्यालय भक्तपुरबाट बुधबार ११ बिचौलिया पक्राउ परेका छन् । 
    बिचौलिया प्रवेश गरि कर्मचारीलाई काम गर्न अबरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादर खड्काका अनुसार, लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालय भित्र प्रवेश गरि सेवा प्रवाहमा असर पुर्याउने कार्य गरेको गुनासो आएपछि  प्रहरीले उनीहरूलाई पक्राउ गरको बताए । 

    उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको खड्काले बताए ।

    e776ccd1-21eb-4f48-bf9c-cfef5124ec0c.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij