नेपालद्वारा युएई ८ विकेटले पराजित, सिरिज बराबरीमा

नेपालद्वारा युएई ८ विकेटले पराजित, सिरिज बराबरीमा

बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • नेपालद्वारा युएई ८ विकेटले पराजित, सिरिज बराबरीमा

    काठमाडौं। नेपाल र युएई बीचको टी–२० आई सिरिज बराबरीमा सकिएको छ। मंगलबार भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै सिरिज बराबरी गरेको हो। 

    हिजो सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। १२९ रनको लक्ष्य पछ्याएको नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गर्दै ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे। 

    बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै टोलीको लक्ष्य केही उकासेका थिए । यस्तै, मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले एक–एक विकेट हात पारे।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij