इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

    धरान (सुनसरी) । सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

    आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रंगशालामा आज साँझ ६:३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

    आजदेखि सुरु भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताए।

    प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २५ हजार प्रदान गरिने छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई रु २० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए । 

    प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौँ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ । वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौँ र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ । 

    गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij