काठमाडौं ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । उनीहरूलाई प्रहरीले आज हाजिरी जमानीमा रिहा गरेको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बोलाएको बेला हाजिर हुने सर्तमा ओली र लेखकलाई आफन्तको जिम्मा लगाएका हुन् । प्रहरीडका अनुसार, ओलिलाई श्रीमति राधिका शाक्य र लेखकलाई यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो।
अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उनीहरूलाई जिम्मा जमानीमा रिहा गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।