पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो । 

    बिभागकै मागका आधारमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । उपचारका लागि सिंगापुर गएका देउवा दम्पती डेढ महिनादेखि  हङकङमा रहेका छन् । 

    चैत १३ मा बनेको बालेन शाह नेतृत्वको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार पहिलो चरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । 

    भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा बूढानिलकण्ठस्थित देउवा निवास जलेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि पूर्वमन्त्री दिपक खड्का, व्यवसायी दिपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र छोरा शुलभ अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij