काठमाडौं । मध्यपुर्वमा तनाव बढेपछि रोकिएको आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला यही महिना नेपालमा हुने भएको छ । इजरायल( इरान युद्धका कारण गत मार्च १० देखि शुरू हुने शृङ्खला स्थगन गरिएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ को नयाँ तालीका आज सार्वजनिक गरेको हो । नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुने छ ।
शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन टिमले दुई–दुई पटक एक(आपसमा भिड्ने तालिका छ ।
पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धा गर्नेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ ।
यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् । अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।