घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
    धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन् । 
     
    अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजना  अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई आज पक्राउ गरिएको हो । प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक बाधा गर्ने आरोप छ । 
     
    यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
    घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij