झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

    झापा । भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी  वैशाख ५ देखि १४ गतेसम्म हुने भएको छ ।  प्रतियोगिताको विजेताले ११ लाख राशिको पुरस्कार प्राप्त गर्ने छन् । 

    चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, सङ्कटा फुटबल र आयोजकको एक टिम रहनेछ ।

    त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने टुङ्गो लागेको क्लबका अध्यक्ष सुब्बाले बताए । नेपाली टिमको हकमा एक टिममा चार जनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीन जना खेलाउन पाइने नियम रहेको उनले बताए ।

    प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । जिल्लालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij