प्रधानमन्त्री कप क्रिकेटः एपीएफ विजयी

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ विजयी

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • प्रधानमन्त्री कप क्रिकेटः एपीएफ विजयी

    काठमाडौँ ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ ।

    काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो । दुई सय ७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशको पारी ४५।१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो । बागमतीका लागि विवेक मगरले ३४ रन, उत्तम मगरले २६, सुबास खत्रीले २७ रन तथा रिजन ढकालले अविजित २० रन जोडे । 

    बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतमले तीन÷तीन तथा युवराज खत्री, नन्दन यादव र कमलसिंह ऐरीले एक एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको  एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै  सन्दीप जोराले ५२, लोकेश बमले २९, युवराज खत्रीले अविजित २६ तथा कप्तान रोहित पौडेलले ९ रन बनाए । बलिङतर्फ बागमतीका रिजन ढकालले चार, इसान पाण्डेले दुई तथा सन्दिप लामिछाने र सोनु देवकोटाले एक एक विकेट लिए ।

    प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेश सहभागी छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij