दीपेन्द्रसिंह ऐरीले पनि युरोपियन टी–२० बेल्जियम लिग खेल्ने

दीपेन्द्रसिंह ऐरीले पनि युरोपियन टी–२० बेल्जियम लिग खेल्ने

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • दीपेन्द्रसिंह ऐरीले पनि युरोपियन टी–२० बेल्जियम लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले युरोपियन टी–२० बेल्जियम लिग खेल्ने भएका छन् । पहिलो संस्करणको लिगमा जेबी ब्रुजेसले दीपेन्द्रलाई आफ्नो टोलीमा अनुबन्ध गरेको हाे । 

    साे कुराकाे जानकारी दिपेन्द्रले आफ्नो सामाजिक संजालमार्फत दिएका छन् । नेपाल प्रिमियर लिग एनपिएल पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स स्वामित्वमा रहेको कम्पनीकै अधिनमा ब्रुजेज पनि रहेको छ ।  

    दीपेन्द्र अनुबन्ध भएको टोलीमा वेस्ट इण्डिजका पुर्व क्रिकेटर शिबनारायण चन्द्रपल मुख्य प्रशिक्षकमा रहेका छन् । यसअघि अर्का क्रिकेटर सन्दीप लामिछानेलाई पनि यसै लिगका टोली लिज रेड लायन्सले आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।

    पहिलो संस्करणको यस लिगमा ६ टोलीको सहभागीता रहनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij