बुढानीलकण्ठमा एक जना मृत अवस्थामा फेला

बुढानीलकण्ठमा एक जना मृत अवस्थामा फेला

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • बुढानीलकण्ठमा एक जना मृत अवस्थामा फेला
    काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१० कपन बालुवा खानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    उनले भने, “बुढानीलकण्ठ–१० कपन बालुवा खानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।”

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij