सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा तीन लाख १६ हजार ९ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij