सर्लाही–४ मा अमरेशले बढाए मतान्तर, गगन दोस्रो स्थानमा

सर्लाही–४ मा अमरेशले बढाए मतान्तर, गगन दोस्रो स्थानमा

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • सर्लाही–४ मा अमरेशले बढाए मतान्तर, गगन दोस्रो स्थानमा

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता फराकिलो बनाएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार सिंहले २ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले १ हजार ७ सय १४ मत ल्याएका छन् ।

    त्यस्तै नेकपा एमालेका अमनिश कुमार यादवले ४ सय १० मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राकेश मिश्राले २ सय ६७ मत पाएका छन् ।

    यसैगरी नेकपाका डा. रजनिश रायले १ सय २८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका रामेश्वर राय यादवले ७ मत पाएका छन् ।

    मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij