भारत विश्वकपको फाइनलमा, उपाधिका लागि न्यु जिल्यान्डसंग भिड्ने

भारत विश्वकपको फाइनलमा, उपाधिका लागि न्यु जिल्यान्डसंग भिड्ने

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • भारत विश्वकपको फाइनलमा, उपाधिका लागि न्यु जिल्यान्डसंग भिड्ने

    काठमाडौं । भारत आईसीसी टी २० विश्वकपको फाइनलमा पुुगेको छ । इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै साविक विजेता भारतले न्यु जिल्यान्डसँगको भेट पक्का गरेको हो। फाइनल खेल आइतबार साँझ सवा ७ बजे अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

     बिहीबार राति समपन्न दोस्रो सेमिफाइनलमा भारतले दिएको २ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४६ रन बनायो। त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयोजक भारतले निर्धारित २० ओभरमा ७ विकेटको २ सय ५३ रन बनाएको थियो। 

    बुधबार भएको पहिलो सेमिफाइनलमा न्यु जिल्यान्डले साविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। न्यु जिल्यान्डले दोस्रो पटक फाइनल खेल्न लागेको हो। सन् २०२१ मा भएको विश्वकपमा न्यु जिल्यान्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेको न्यु जिल्यान्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन। 

     न्यु जिल्यान्ड सन् २००७, २०१६ र २०२२ मा भने सेमिफाइनलबाटै बाहिरिएको थियो। भारत भने चौथो पटक उपाधि नजिक पुगेको हो। भारतले यसअघि सन् २००७ र २०२४ मा विश्वकपको उपाधि जितेको  थियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ र २०२२ मा भने  सेमिफाइनलबाटै बाहिरिएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij