काठमाडौं । धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारकाे उमेदवारी खारेज भएको छ । निर्वाचन आयोगले साे क्षेत्रका उमेदवार किशोरी साहको उमेदवारी खारेज गरेको हाे ।
आयोगले मंगलबार साहको उमेदवारी खारेज गर्ने निर्णय गरेको हो । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बताए ।
साे क्षेत्रमा नेपाली कांग्रेसबाट राम पलटन साह, नेकपा एमालेबाट रामचन्द्र मण्डल, र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।