सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार जना मृत फेला

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार जना मृत फेला

शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार जना मृत फेला

    काठमाडौँ । गोरखा र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । 

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार चौधरीको मृत्यु भएको हो  । 

    गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसका चालक नुवाकोटको विदुर नगरपालिका–६ का जैबहादुर तामाङको मत्यु भएको हो । 

    पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij