इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलाे टिम

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलाे टिम

बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलाे टिम

    काठमाडौं । इंग्ल्यान्ड टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठ अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टाेली बनेको हो । 

    इंग्ल्यान्डले अघिल्लो खेलमा श्रीलंकालाई ५१ रनले हराएको थियाे । १६५ रनको लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । 

    इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेले । ५० बल खेलेका उनले १० चौका र ४ छक्काको मद्दतले १०० रन जोडे । यस्तै, विल ज्याक्सले २६, साम करनले १६ रन बनाए । 

    बलिङतर्फ पाकिस्तानका शाहिन साह अफ्रिदीले चार विकेट लिए । उस्मान तारिकले र मोहम्मद नवाजले समान दुई विकेट लिए । 

    त्यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएकाे थियो । पाकिस्तानका ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले । 

    बाबर आजम र फखर जमानले समान २५–२५ रनको योगदान दिए। सादाब खानले २३ रन बनाए । इंग्ल्यान्डका  लियाम डासनले ३ विकेट लिए । जोफ्रा आर्चर र जेमी ओभरटनले समान २ विकेट लिए। आदिल रशीदले १ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij