धादिङ दुर्घटनामा  मृत्यु हुनेको संख्या १८ पुग्यो, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

धादिङ दुर्घटनामा  मृत्यु हुनेको संख्या १८ पुग्यो, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • धादिङ दुर्घटनामा  मृत्यु हुनेको संख्या १८ पुग्यो, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

    काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८  पुगेको छ। घट्नास्थलमा १७ जनाको मृत्यु भएकोमा थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । २५ जना घाइतेमध्ये २४ जनाको काठमाडौंमा र बााकी एकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

    पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज राति सभा एक बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको थियो। मृत्यु भएकको पहिचान खुल्न नसकेको धादिङका प्रमुख जिल्ला अधिकारी बिजय सुवेदीले जानकारी दिए । 

    ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो। मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। दुई विदेशी नागरिकसहित २७ जना घाइते पहिचान खुलेको प्रहरीले प्रहरीले जनाएको छ।  

    पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस सोमबार बिहान करिब सवा १ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकबाट त्रिशूलीमा खसेको थियो। यसैबीच धादिङ बस दुर्घटना विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। 

    गृहमन्त्री ओम आर्यालको अध्यक्षमा बैठक बस्न लागेको हो। बैठकमा राहत, क्षतिपूर्ती, उपचार ब्यवस्था लगायत विषयमा छलफल हुने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij