अष्ट्रेलिया १७ बर्षपछि टी–२० विश्वकपको समूह चरणबाटै बाहिर

अष्ट्रेलिया १७ बर्षपछि टी–२० विश्वकपको समूह चरणबाटै बाहिर

बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • अष्ट्रेलिया १७ बर्षपछि टी–२० विश्वकपको समूह चरणबाटै बाहिर

    काठमाडौं । वर्षा बाधक बनेपछि अष्ट्रेलिया १७ बर्षपछि समूह चरणबाटै बाहिरिएको छ । टी–२० विश्वकप अन्तर्गत जिम्बाब्वे र आयरल्यान्डबीच मंगलबार अपरान्हको  खेल वर्षाका कारण रद्ध भएपछि अष्ट्रेलिया समूह चरणबाट अघि बढ्न नसकेको हो । 

    श्रीलंकास्थित पल्लेकेले मैदानमा वर्षाका कारण टस समेत हुन नसकी खेल रद्ध भएपछि दुबै टोलिले १–१ अंक बाँडे । योसँगै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ ।  अष्ट्रेलिया २००९ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो। 

    योसँगै जिम्बाब्वेले सुपर एटमा स्थान बनाएको छ । यस समूह ‘बी’बाट यसअघि आयोजक श्रीलंकाले सुपर एटमा स्थान बनाएको थियोे ।सो समुहबाट अष्ट्रेलिया, आयरल्यान्ड र ओमान बाहिरिएका छन् । जिम्वावेसंगै सुपर एटमा पुग्ने छ टोलीको टुंगो लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij