आईसीसी टी–२० विश्वकपमा नेपालले आज स्कटल्यान्डको सामना गर्दै

आईसीसी टी–२० विश्वकपमा नेपालले आज स्कटल्यान्डको सामना गर्दै

मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • आईसीसी टी–२० विश्वकपमा नेपालले आज स्कटल्यान्डको सामना गर्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्दैछ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि सो खेल शुरू हुनेछ ।

    तीनवटै खेलमा पराजित भएको नेपाली टोली आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छ । 
    स्कटल्यान्डले भने इटालीलाई पराजित गरेको थियो । समुह सीबाट वेस्ट इन्डिज र इङ्ल्यान्ड समान तीन खेल जित्दैसुपर आठमा पुगिसकेका छन् । 

    पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सुपर आठमा पुग्ने आशा जगाएको नेपाल इटालीसंग १० विकेटको फराकिलो हार व्यहोरेपछि सो सम्भावना कमजोर बनेको थियो । नेपालले इटालीसंग ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोर प्रदर्शन गरेको थियो । 

    नेपालले हालसम्म तीनपटक टी २० विश्वकप खेलेको छ र तीनैपटक समूह चरण पार गर्न सकेको छैन । सन् २०१४ र २०२४ पछि यस संस्करणमा पनि नेपाल समूह चरणमै रोकिएको हो ।

     सन् २०१४ मा नेपालले अफगानिस्तान र हङकङलाई हराए पनि नेट रनरेटका आधारमा अघिल्लो चरण पुग्न सकेन । सन् २०२४ मा भने दक्षिण अफ्रिकासँग १ रनको झिनो हार बेहोरेपछि नेपाल बाहिरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij