अस्ट्रेलियालाई पछिपार्दै  श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर एटमा

अस्ट्रेलियालाई पछिपार्दै  श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर एटमा

मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • अस्ट्रेलियालाई पछिपार्दै  श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर एटमा

    काठमाडौं । श्रीलंका आइसीसी टी–२० विश्वकपको सुपर ८ मा पुगेको छ। पाथुम निशांकाको शतकको मद्वतमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै श्रीलंका एक खेल अगावै आइसीसी टी–२० विश्वकपको सुपर ८ मा पुगेको हो । 

    समूह बीमा रहेको श्रीलंकाले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ । २ खेलमा जित निकालेको जिम्बाब्वे ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।
     
    पराजित अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ । एक खेलमा जित र २ खेलमा हार भोग्दै समान २ अंक भएको आयरल्यान्ड चौथो स्थानमा छ ।
     
    समूह चरणका तीनै खेलमा जितबिहिन बनेको ओमान तालिकाको पुछारमा रहेर सुपर ८ दौडबाट बाहिरिएको छ। सोमबार राति घरेलु मैदानमा अस्ट्रेलियाले दिएको १ सय ८२ रनको लक्ष्य आयोजक श्रीलंकाले २ ओभर बाँकी छंदै २ विकेटको क्षतिमा भेट्टायो। 

    श्रीलंकाका लागि पाथुम निशांकाले जारी विश्वकप कै पहिलो शतक प्रहार गरे । निशांकाले ५२ बलमा १० चौका र ५ छक्कासहित एक सय रनमा अविजित रहे। कुशल मेन्डिसले ५१ रन थपे । पवन रत्नायके २८ रनमा नटआउट रहे। 

    अस्ट्रेलियाका लागि माक्र्युस स्टोइनिसले २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भएको थियो ।  

    पहिलो विकेटका लागि अस्ट्रेलियाका ओपनर तथा कप्तान मिचेल मार्स र ट्राभिस हेडले ८।३ ओभरमा १ सय १० रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २९ बलमा ७ चौका र ३ छक्का सहयोगमा ५६ रन बनाएका ट्राभिस दुसन हेभान्थाको बलमा क्याच आउट भए ।
     
    अर्का ओपन मिचेल २७ बलमा ८ चौका र २ छक्का सहयोगमा ५४ रन बनाए । जस इंग्लिसले २७ र ग्लेन म्याक्सवेलले २२ रन थपे ।श्रीलंकाका लागि हेमान्थाले ३ विकेट लिए। दुस्मान्था कामिराले २ विकेट लिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij