आज नेपाल र वेष्ट इन्डिज बीचको खेल हुँदै, जित्नैपर्ने दबाबमा नेपाल

आज नेपाल र वेष्ट इन्डिज बीचको खेल हुँदै, जित्नैपर्ने दबाबमा नेपाल

आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • आज नेपाल र वेष्ट इन्डिज बीचको खेल हुँदै, जित्नैपर्ने दबाबमा नेपाल

    काठमाडौं । आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्ने भएको छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजे सुरु हुनेछ । 

    निरन्तर दुई खेलमा पराजित भएको नेपाललाई यस खेलमा जित्नै पर्ने दबाब छ। आजको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ। वेस्ट इन्डिजले भने समूह चरणका दुई खेल जितिसकेको छ। ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले आज जित निकालेमा एक खेल अघिनै सुपर ८ मा स्थान पक्का गर्नेछ। 

    पहिलो खेलमा बलियो टोली इङल्याण्डसँग चार रनले स्तब्ध भएको नेपनल पहिलो पटक विश्वकप खेलेको इटालीसँग १० विकेटले पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij