दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सुपर–८ मा पुग्ने पहिलो टिम

दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सुपर–८ मा पुग्ने पहिलो टिम

आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सुपर–८ मा पुग्ने पहिलो टिम

    काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप–२०२६ को सुपर–८ मा प्रवेश गरेको छ । शनिबार राती सम्पन्न खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप–२०२६ को सुपर–८ मा पुग्ने पहिलो टिम बनेको हो । 

    न्युजिल्यान्डले प्रस्तुत गरेको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७।१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । दक्षिण अफ्रिकाका कप्तान तथा ओपनर आइदेन मार्करमले सर्वाधिक ८६ रन बनाए । मार्करमले ४४ बलमा आठ चौका र चार छक्का प्रहार गरे । 

    डेविड मिलरले १७ बलमा २४ रन बनाए । त्यसैगरी रायान रिकेलटन र डेवाल्ड ब्रेविसले समान २१ रन थपे । न्युजिल्यान्डका लकी फर्गुसन, जिम्मी निसम र रचिन रविन्द्रले समान एक विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सातको क्षतिमा १७५ रनको उच्च  योगफल खडा गरेको थियो । न्युजिल्यान्डका मार्क च्याम्पमनले २६ बलमा ६ चौका र दुई छक्कासहित ४८ रन बनाए । 

    त्यस्तै, डार्यलले ३२, फिन एलनले ३१, जिम्मी निसमले २३ रन जोड्दा टिम सेफर्ट र रचिन रविन्द्रले समान १३ रन थपे । दक्षिण अफ्रिकाका मार्को जोनसले चार विकेट लिए । त्यस्तै लुंगी एन्गिडी र कोर्बिन बोस्चले समान एक विकेट लिए । 

    दक्षिण अफ्रिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध ५७ रन र दोस्रो खेलमा अफगानिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो । यो हारसँगै न्युजिल्यान्डले भने सुपर–८ का निम्ति अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

     न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेट र दोस्रो खेलमा युनाइटेड र यूएईलाई १० विकेटले हराएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij