काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले बढेर तीन लाख ५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा तीनलाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मुल्य १० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।