आशिफको विष्फोटक ब्याटिङमा नेपालको शानदार जित

आशिफको विष्फोटक ब्याटिङमा नेपालको शानदार जित

बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • आशिफको विष्फोटक ब्याटिङमा नेपालको शानदार जित

    काठमाडौं । आशिफ शेखको विष्फोटक ब्याटिङमा नेपालले क्यानडाविरुद्ध फराकिलो जित हात पारेको छ । आईसीसी मेन्स टी–२० विश्वकप वार्मअप म्याचमा नेपालले १८ ओभरमा ४ विकेट गुमाएर जित हाँसिल गरेको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रनको योग बनाएको थियो । जितका लागि १६२ रनको लक्ष्य पाइको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । 

    नेपालका लागि आशिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए ।

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।

    अब नेपालले टी-२० विश्वकप अन्तर्गत फेब्रुअरी ८ मा इङल्यान्डविरुद्ध खेलेर विश्वकपको शुरुवात गर्ने छ । 

    आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij