दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

    वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सारबाट आयात हुने दुई पाङ्ग्रे सवारीसाधनको आयात बढेको छ । अघिल्लो छ महिनामा वीरगञ्ज नाका भएर चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा मोटरसाइकल आयात भएका छन् । 

    ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड भन्सार लागायतका राजश्व संकलन भएको छ । गत आवको  सोही अवधिमा  तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा मोटरसाइकल आयात भएका थिए ।

     वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको  पहिलो छ महिनामा ४५ करोड ८१ लाख बराबरका  चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए । 

    यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख बराबरका  दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij